images

आइतवार, बैशाख १६ गते २०८१

अखिल नेपाल किसान महासंघ देवदह नगर कमिटीमा नयाँ नेतृत्व

अखिल नेपाल किसान महासंघ देवदह नगर कमिटीमा नयाँ नेतृत्व

images
images
images
बिहिवार, माघ १९ २०७९
बिहिवार, माघ १९ २०७९
  • अखिल नेपाल किसान महासंघ देवदह नगर कमिटीमा नयाँ नेतृत्व

    रुपन्देही, १९ माघ । 
    अखिल नेपाल किसान महासंघ देवदह नगर कमिटी, रुपन्देहीको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट विष्णु प्रसाद ज्ञवालीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा काशीनाथ न्यौपाने, सचिवा निर्मला पाण्डे, सह–सचिवमा दामोदर चौधरी र कोषाध्यक्षमा शोभा क्षेत्री चयन भएका छन् ।

    images

    सर्वसम्मत रुपमा गठन गरिएको समिति आगामी २ वर्षसम्मका लागि क्रियाशिल रहनेछ । कमिटीका अध्यक्ष वोम बहादुर गुरुङको अध्यक्षता तथा नेकपा एमालेका लुम्बिनी प्रदेशका सदस्य एवं किसान महासंघका सचिव महेन्द्र गिरीको प्रमुख आतिथ्यतामा सम्मेलन भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले अब किसान महासंघले प्राविधिक यान्त्रिकण उत्पादनका आधारमा अनुदानका कार्यक्रम हुनुपर्ने र अबको अभियान सुरु गरिने बताए ।

    कार्यक्रममा देवदह नरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाअध्यक्ष गणेश डुम्रेले किसानमैत्री नगर बनाइने कुरामा प्रतिवद्ध रहने बताउँदै आगामी दिनमा अझ कृषि र पशुपालन क्षेत्रमा उत्कृष्ट नगरपालिका बनाउने भनाइ राखेका थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij