
शनिवार , पौष ११, २०७७
भैरहवा, ११ पुस ।
सामाजिक क्षेत्रमा क्रियाशिल रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगरले भैरहवामा अतिविपन्न व्यक्तिहरुलाई कम्मल वितरण गरेको छ ।
क्रिसमस–डे को अवसर पारेर बढ्दो जाडोलाई लक्षित गर्दै शनिबार बिहान सडकमा रहेका वृद्धवृद्धा, रिक्सा चालक लगायत गरी २२ जनालाई कम्मल, सिरक, टि–सर्ट वितरण गरिएको क्लबका वर्ष २०२०/२१ का अध्यक्ष सुरज भट्टराईले बताए ।
क्लबले आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिदै जाने वर्ष २०२०/२१ का सचिव सन्दिप कसौधनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij