२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

बुबाको हत्या गरेको आरोपमा एकजना पक्राउ

शुक्रवार , माघ २०, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • रौतहट, २० माघ । आफ्नै बुबाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको दाउराको चिरपट प्रहार गरी हत्या गरेको आरोपमा चन्द्रपुर नगरपालिका–६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राईलाई बिहीबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । 

    मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिरपट प्रहार गर्दा गम्भीर घाइते भएका निरकुमारको चपुरस्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचारको क्रममा मृत्यु भएको हो ।      

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।