२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

खबरपात्रोकर्मी गुप्तासहित तीन पत्रकार सम्मानित

शुक्रवार , माघ २०, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, २० माघ ।
    खबरपात्रो मिडिया प्रा.लि.द्वारा प्रकाशित खबरपात्रो डट कम समाचार सम्पादक रबिन्द्र प्रताप गुप्तासहित तीन जना पत्रकार सम्मानित भएका छन् । लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीले पत्रकार गुप्तासहित राज्य टेलिभिजनका समाचार प्रमुख यमलाल भुसाल र लुम्बिनी प्रेस क्लब रुपन्देहीकी अध्यक्ष सम्झना शर्मालाई सम्मान गरेको हो ।

    WhatsApp Image 2023-02-03 at 3.55.08 PM (1).jpeg

    संघले आफ्नो २४ औं वार्षिक साधारणसभाको अवसर पारेर पत्रकारिताको क्षेत्रबाट योगदान पुर्याएको भन्दै पत्रकारद्वय गुप्ता र भुसाललाई नगद रु. ५ हजार १ सयसहित सम्मानपत्रबाट सम्मान गरेको हो । पत्रकार गुप्ता गौतमबुद्ध सन्देश राष्ट्रिय दैनिक, बुद्ध सामूदायिक टेलिभिजन र प्राइम टाइम्स टेलिभिजनमा पनि आबद्ध छन् ।

    त्यस्तै लुम्बिनी प्रेस क्लबको चौथो अधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित शर्मालाई संघले सम्मान गरेको छ । तीनै जना पत्रकारलाई नेपाल ईट्टा उद्योग व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार तथा सिद्धार्थनगर नगरपालिकाका निवर्तमान अध्यक्ष हरि प्रसाद अधिकारी, लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष अजय कुमार गुप्ता, संघका महासचिव दीपक पौडेललगायतले सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

    संघले प्रत्येक वर्ष आफ्नो वार्षिक साधारणसभा तथा अधिवेशनका अवसरमा दुई जना पत्रकारलाई सम्मान गर्दै आएको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष अजय कुमार गुप्ताले बताए ।

    रुपन्देहीको सियारी गाउँपालिकास्थित बाउन्नकोटी सामूदायिक वनमा शुक्रबार आयोजित कार्यक्रममा संघका पूर्व कर्मचारी रामचन्द्र यादव, प्रेसिडेण्ट अवार्डबाट एभरेष्ट ब्रीक प्रा.लि.का प्रबन्ध निर्देशक मीन बहादुर पुन, जय ओम ब्रीक प्रा.लि.का प्रबन्ध निर्देशक नरेश आश्वानीलाई पनि सम्मान गरिएको थियो ।