२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लायन्स सिद्धार्थनगर गौतमबुद्धद्वारा कम्मल वितरण

शनिवार , पौष ११, २०७७

भैरहवा, ११ पुस । 
सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारका विपन्न परिवारलाई कम्मल वितरण गरेको छ । क्लबले सम्मरीमाई गाउँपालिका वडा नम्बर ४ का ३० जनालाई शनिबार कम्मल वितरण गरेको वर्ष २०२०/२१ का अध्यक्ष अरुण कुमार मिश्राले बताए । 

जाडोयाममा विपन्न परिवारलाई केही भए पनि राहत होस् भन्ने उद्देश्यले मर्चवार पुगेर क्लबले कम्मल वितरण गरेको क्लबका सचिव राजन शुक्लाले बताए ।

कार्यक्रममा बोल्दै युवा समाजसेवी सुजित कुमार त्रिपाठीले क्लबले सामाजिक सेवाको हात अगाडी बढ्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे । उनले मर्चवार क्षेत्रमा क्लबले धेरै कार्यक्रम गर्नु सराहनीय कार्य भएको चर्चा गरे ।

युवा समाजसेवी सन्दिप तिवारीले स्थानीय जनप्रतिनिधिले गर्न नसकेको कार्य क्लबले गरेको बताए । उनले सामाजिक संघ–संस्थाको योगदानको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रम संयोजक बिसन गुरुङको स्वागत तथा क्लबका तृतीय उपाध्यक्ष रविकान्त उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

क्लबले यस अघि पनि मर्चवार क्षेत्रका बाढीप्रभावितहरुलाई राहत सामाग्री प्रदान गरेको क्लबका सह–कोषाध्यक्ष पिन्टु वनियाले बताए ।