२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

एक दिवसीय नगर अभ्यास सम्पन्न 

आइतवार , पौष १२, २०७७

  • 7.7K
    Shares
  • 7.7K
    Shares
  • भैरहवा, १२ पुस ।
    प्राज्ञिक विद्यार्थी परिषद नेपाल भैरहवाले एक दिवसीय नगर अभ्यास वर्ग सम्पन्न गरेको छ । विद्यार्थीहरूलाई राष्ट्रिय विचारका साथमा चरित्रवान्, अनुशासित, इमानदार र  आदर्शका कुरासंगै अभ्यास गराइएको प्राज्ञिक विद्यार्थी परिषद नेपाल केन्द्रीय सदस्य अनुराग पाण्डे बताए । कार्यक्रममा बाबुराम मरासिनी, अनुराग पाण्डे र निशा क्षेत्रीले प्रशिक्षण दिएका थिए ।

    प्रदेश सदस्य दिक्षा ढकालको स्वागतमा सम्पन्न कार्यक्रममा कार्यक्रममा परिषदका लुम्बिनी प्रदेश संगठन सचिव बाबुराम मरासैनी, राष्ट्रिय सचिव निशा क्षेत्री र नगेन्द्र ठाकुरको उपस्थिति रहेको थियो ।

    उक्त अभ्यास वर्ग कार्यक्रममा नयाँ समिति गठन गरिएको थियो । नगर सचिव आशिष कुमार भुजले कार्यक्रमको समापन गरेका थिए ।