२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

विचौलियालाई कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग

आइतवार , माघ २२, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं, २२ माघ । राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले विचौलियालाई पक्राउ गरेर कारबाही गर्न माग गरेका छन् । 

    आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले विचौलियाका कारण किसान र उपभोक्ता मारमा परेका भन्दै कारबाही गर्न माग गरेका हुन् । 

    ६०० प्रतिशतभन्दा बढी नाफा लिएर विचौलियाको काम गर्नलाई तत्काल पक्राउ गरेर कारबाही गर्न कृषिमन्त्रीसँग उनले आग्रह गरे ।

    बैंकले बढाएको अस्वाभाविक ब्याजका कारण साना व्यवसायी आत्महत्याको बाटो रोज्न थालेको भन्दै उनले यसतर्फ सरकारले हस्तक्षेपकारी नीति लिनुपर्ने बताए ।