images

शुक्रवार, चैत्र १६ गते २०८०

भैरहवामा राकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

भैरहवामा राकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

images
images
images
सोमवार, माघ २३ २०७९
सोमवार, माघ २३ २०७९
  • भैरहवामा राकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

    भैरहवा । रूपन्देहीको भैरहवामा गंभिर प्रकृतिको सडक दुर्घटना भएको छ । गएराति रोकिराखेको ट्रकमा कार र बस ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी १ जनाको ज्यान गएको छ ।

    images
    images
    images

    बुटवलबाट भैरहवातर्फ जादै गर्दा भैरहवाको अञ्चलपुरमा रोकिराखिएको ट्रकमा कार र बस ठक्कर खादा बसका चालक हरिष तिवारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    दुर्घटनामा परी तनहुँको भिमाद नगरपालिका वडा नं ५ बस्ने २१ वर्षिय हरिश तिवारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। 

    दुर्घटनामा परी २ जना घाईते भएका छन् । घाईतेको युसिएमएस भैरहवामा उपचार भईरहेको छ । घाईतेहुनेमा पश्चिम नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका वडा नं १ बस्ने ३९ वर्षिय बासु घिमिरे र सोही ठाउँका १६ वर्षिय दिपेश घिमिरे रहेका छन् । 

    सडकमा रोकिराखेको लु २ ख ६०६ नम्वरको ट्रकमा ठोक्किने सवारी साधनमा लु २ ख ६०३८ नम्वरको बस र ग १ च ३७१३ नम्वरको निजी कार रहेको प्रहरीले जनाएको छ । 

    सिद्धार्थ राजमार्गको बेलहिया बुटवल सडक खण्ड अन्तर्गत अञ्चलपुरमा रहेको नेपाल आयल निगमको डिपो अगाडि रोकिराखेको ट्रकमा बस र निजी कार राती करिव ३ः३० बजेको आसपासमा ठोकिएको प्रहरीले जनाएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij