२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

एमालेको केन्द्रिय समिति बैठकको पहिलो अजेन्डा : निर्वाचन समीक्षा

सोमवार , माघ २३, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, २३ माघ ।
    प्रतिधिसभा निर्वाचन सम्पन्न भएपछि नेकपा एमालेको केन्द्रीय कमिटीको पाँचौं बैठक २९ माघवाट सुरु हुने भएको छ ।
    गत ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेले पहिलो पटक केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

    मुख्य गरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनिक सुदृढीकरणबारे बैठकका मुख्य अजेन्डा हुने एमालेको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन । बैठकको अजेन्डा तय गर्न २६ मा सचिवालय बैठक बोलाएको छ । बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ ।