२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

जनसरोकारसँग सम्बन्धित् विधेयकलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु

सोमवार , माघ २३, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • काठमाडौं, २३ माघ । सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित् विधेयकहरूलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ । 

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रस्तुत गर्ने विधेयकहरूका बारेमा छलफल गर्न सोमबार बोलाएका बैठकमा विभिन्न विधेयकहरूलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको हो । व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरूसँग भएको छलफलमा विकास, सुशासन, संक्रमणकालिन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयकहरू सदनमा लगिनेछ । 

    जनसरोकारसँग प्रत्यक्ष जोडिएका, सुशासन र विकासका लागि आवश्यक कानुन निर्माणका लागि सरकारले सदनमा छलफलका लागि विधेयक प्रस्तुत गर्ने विषयमा आज छलफल भएको थियो ।