images

आइतवार, बैशाख १६ गते २०८१

प्रांगारिक खेती प्रवद्र्धन गर्न सरोकारवालाको माग

प्रांगारिक खेती प्रवद्र्धन गर्न सरोकारवालाको माग

images
images
images
सोमवार, माघ २३ २०७९
सोमवार, माघ २३ २०७९
  • प्रांगारिक खेती प्रवद्र्धन गर्न सरोकारवालाको माग

    रुपन्देही, २३ माघ । 
    प्रांगारिक खेती प्रवद्र्धनका लागि कृषिमा सरकारले लगानी बढाउनुपर्ने किसानहरुले माग गरेका छन् । मानव स्वास्थ्य र खेतीयोग्य जग्गाको माटो सुरक्षाका लागि प्रांगारिक कृषिको व्यवसायिकरण गरी उत्पादन बढाउनुपर्ने उनीहरुको माग छ । 
    रुपन्देहीको तिलोत्तमा–१० स्थित उद्यमशील टोल विकास संस्थाको प्रथम अधिवेशनको अवसरमा सरोकारवालाले रासायनिक मलको प्रयोगबाट उत्पादन हुने कृषि उपजले मानव स्वास्थ्य र माटोको उर्वराशक्तिलाई नकारात्मक असर पु¥याउने भएकाले प्रांगारिक खेती प्रवद्र्धनलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने माग गरेका हुन् । 

    images

    लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले सरकारले कृषि पेशा र किसानलाई हेय दृष्टिले हेरेको गुनासो गर्दै हरेक कृषि उत्पादनको उचित मूल्य तोकेर बजारीकरणमा लगानी बढाउनुपर्ने बताए । 

    कृषि क्षेत्रमा बिचौलिया र सिण्डिकेट हावी भएको भन्दै उनले यसबाट किसान र उपभोक्ता दुबै ठगिएकाले यसको अन्त्य हुनुपर्ने बताए । 

    लुम्बिनी प्रदेश योजना आयोगका पुर्व सदस्य समेत रहेका कृषिविज्ञ डा. दामोदर भुसालले देशको कूल जनसंख्याको दुई तिहाई कृषिमा संलग्न रहे पनि सरकारले बजेटमा कृषिलाई प्राथमिकतामा राख्न नसकेको औंल्याए । उनले कृषि क्षेत्रमा कूल बजेटको कम्तीमा १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने बताए । उनले प्रांगारिक कृषि उत्पादनलाई पर्यटनसँग जोड्न सकिने बताए । 
    भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रांगारिक कृषि उत्पादन विदेश निर्यातको समेत प्रचूर सम्भावना रहेकाले तीनै तहका सरकारको ध्यान जानुपर्ने उनले औंल्याए ।  डा. भुसालले हरेक सांसद र जनप्रतिनिधिले कृषिलाई प्राथमिकता दिएर आफै आत्मनिर्भर भए मात्र देश कृषिमा आत्मनिर्भर हुन सक्ने बताए । 

    नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले खेतीयोग्य जग्गाको प्लटिङलाई कडाईका साथ नियन्त्रण गर्नुपर्ने बताए । उद्यमशील टोल विकास संस्थाका अध्यक्ष घनसिंह पुनले टोललाई ‘अर्गानिक जोन’का रुपमा विकास गर्न प्रदेश सरकारले पाइलट प्रोजेक्ट सुरुवात गरेको बताए । 

    कृषि ज्ञान केन्द्र रुपन्देहीका बाली प्रसार अधिकृत अनिलकुमार बानियाले प्रांगारिक खेती प्रवद्र्धनका लागि उद्यमशील टोलका किसानलाई सरकारले आर्थिक र प्राविधक सहयोग गरेको बताए । 

    जसअनुसार कृषि ज्ञान केन्द्रको सहयोगमा अर्गानिक तरकारी उत्पादनमा ३० घर तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको प्राविधिक सहयोगमा धानखेतमा  हांस पालनमा २६ घर र धान खेतमा माछा पालनमा ८ घर किसान छनोट भएका जानकारी दिए । टोललाई अर्गानिक उत्पादनको हब बनाउन इन्नोभसन कृषि फार्मले स्रोत केन्द्रको रुपमा सहजिकरण गरिरहेको फार्मकी सञ्चालक विष्णु भुसालले बताइन् । अर्गानिक कृषिलाई पर्यटनसंग जोडेर होमस्टे सञ्चालन, फिशिङ, फुड फेस्टिबल लगायतका गतिविधि  सञ्चालन गर्ने योजना रहेको भुसालले बताइन् । 

    कार्यक्रममा नमूना कृषि उद्यमी रामबहादुर पुन र दिलबहादुर विश्वकर्मालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा वडा सदस्य बालकृष्ण लम्साल, उजिरसिंह जीसी,सरगम विक पौडेल लगायतले मल, बिउ, सिंचाई र प्रविधिमा सरकारको सहयोग र प्रोत्साहन भएमा किसानहरु उत्पादन बढाउन तयार भइ कृषिमा आत्मनिर्भर हुन सकिने बताए । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij