२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

मंगलवार , माघ २४, २०७९

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • काठमाडौं, २४ माघ ।  

    नेकपा एमालेले माघ २९ र फागुन १ गते बस्ने गरी बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ ।  

    नेकपा एमालेको यहीँ माघ २९ र फागुन १ गते हुने केन्द्रीय कमिटीको पूर्ण बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख  विष्णु रिजालले जानकारी दिए ।

    तयारी नपुगेकाले बैठक स्थगित गरिएको उनको भनाइ छ । बैठकमा निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनीक सुदृढीकरणबारे  छलफल हुने रिजालको भनाइ छ ।