२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

टर्की भूकम्प : ३६ घन्टामा १०९ पराकम्प, तीनवटा ७.५ म्याग्निच्युडका

मंगलवार , माघ २४, २०७९

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • टर्की, २४ माघ  । टर्कीमा गएकाे भूकम्पकाे १०९ वटा पराकम्प जाँदा तीन शक्तिशाली गएकाे छ । टर्कीलाई केन्द्रविन्दु बनाएर साेमबार ७.८ म्याग्निच्युडकाे शक्तिशाली भूकम्प गएकाे थियाे । साे भूकम्पकाे ३६ घण्टामा १०९ वटा पराकम्प जाँदा तीनवटा पराकम्प ७.५ म्याग्निच्युडकाे मापन गरिएको छ ।

    पछिल्लाे विवरणअनुसार साे भूकम्पबाट पाँच हजार मानिसले ज्यान गुमाइसकेका छन् भने ५६ सयभन्दा बढी घर तथा कार्यालयहरु ध्वस्त भएकाे अधिकारीहरुले जनाएका छन् ।

    भग्नावशेषबाट जीवित रहने आशामा निरन्तर प्रयत्न गरिरहेका उद्धार टोलीका सदस्यले पानी परेसँगै बढेकाे चिसाेका कारण उद्धार कार्यमा समस्या भएकाे बताएका छन् ।