
बुधवार , माघ २५, २०७९
काठमाडौं, २५ माघ ।
नेपाली कांग्रेसले २६ माघमा बोलाएको संसदीय दलको बैठक स्थगित गरेको छ । समसमायिक राजनीति, संसदीय समितिमा सांसदहरुको कार्यविभाजन, राष्ट्रपति निर्वाचनलगायतको विषयमा बोलाइएको बैठक अन्तिममा स्थगित गरेको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखककाअनुसार अर्को मिति घोषणा नभएसम्मका लागि बैठक स्थगित हुनेछ । कांग्रेस संसदीय कार्यसमितिको बैठकले २६ माघमा दलको बैठक बोलाउने निर्णय गरेको थियो ।
सोही बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरे पनि हिजो सम्पन्न निर्वाचनमा उम्मेदवारी भने दिएन । जसका कारण नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्याल राष्ट्रिय सभा उपनिर्वाचनमा निर्विरोध हुन पुगेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij