
प्रमुख सचेतकमा चौधरी र सचेतकमा शर्मा
बुधवार , माघ २५, २०७९
भैरहवा, २५ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रदेश सह–इञ्चार्ज दधिराम न्यौपाने (माधव शर्मा) लाई नियुक्त गरेका छन् ।
मुख्यमन्त्री गिरीले प्रदेश सरकारका कामहरुमा राजनीतिक समन्वय तथा आवश्यक सल्लाह लिने गरी प्रमुख राजनीतिक सल्लाहकारमा शर्मालाई नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ निवासी न्यौपाने चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । लामो समयदेखि नेकपा माओवादी केन्द्र) मा सक्रिय न्यौपाने नेकपा विभाजन गर्ने अदालतको आदेशसँगै एमाले रोजेका थिए । तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबा
ट लुम्बिनी प्रदेशसभामा सदस्य निर्वाचित भएका न्यौपानेले एमाले रोजेका कारण प्रदेशसभा सदस्य पद गुमाउनु परेको थियो । २०७४ सालको निर्वाचनमा उनी रुपन्देही क्षेत्र नम्बर १ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । तर, २०७९ निर्वाचनमा भने उनी नेपाली कांग्रेसका उम्मेदवार अब्दुल रज्जाकसँग पराजित भएका छन् । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार भइ जितेका न्यौपानेले २०७९ सालमा एमालेका उम्मेदवार बनेका थिए । उनी लुम्बिनी प्रदेश अर्थ, उद्योग, पर्यटन समितिका पूर्व सभापति समेत हुन् ।
त्यसै गरी रुपन्देही क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य तुलसी प्रसाद चौधरी संसदीय दलको प्रमुख सचेतकमा चयन भएका छन् । उनी सोही क्षेत्रबाट दोहोरिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । एमाले संसदीय दलको बैठकले उनलाई प्रमुख सचेतकमा चयन गरेको हो । चौधरी एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य समेत हुन् ।
त्यसै गरी रेखा शर्मा दाङमा सचेतक चयन भएकी छन् । उनी समानुपातिकतर्फ सांसद बनेकी हुन् । एमाले संसदीय दलका उपनेता मन्त्री चेतनारायण आचार्यले बुधबार प्रमुख राजनीतिक सल्लाहकार, प्रमुख सचेतक तथा सचेतक चयन गरेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij