२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रथम राष्ट्रिय बी लेभलको ब्याडमिटन प्रतियोगितामा सापकोटा र कार्कीको टिम विजयी

आइतवार , पौष १२, २०७७

बुटवल, १२ पुस ।
वाग्लुङ जिल्लाको धनमुडा चौर समाज बुटवल रुपन्देहीको आयोजनामा  प्रथम राष्ट्रिय बी लेभलको खुल्ला ब्याडमिटन प्रतियोगिताको उपाधी पूर्वी नवलपरासीको नवलपुरका कृष्ण प्रसाद सापकोटा र महेन्द्र कार्कीको टिमले जितेको छ ।

विजेता भएसंगै टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद, प्रमाणपत्र र शिल्ड पुरस्कार प्राप्त गरेका छन । उनीहरुले रुपन्देहीको बुटवल ब्याटमिन्टन क्लबका लालमणी पन्थी र नारायण तिवारीलाई सोझो सेटमा हराउँदै विजेता बनेका हुन ।

उपविजेता रुपन्देहीको टिमले ३३ हजार ३ सय ३३ नगद प्रमाणपत्र र शिल्ड पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा तेस्रो स्थानमा मणिग्रामका पदम थापा र थमन राना तथा तामनगर ब्याटमिन्टन क्लवका रेशम थापा र मनशुन थापाको टिम विजयी भएका हुन् । उनीहरुले ११ हजार १११ रुपैयाँ नगद प्रमाणपत्र र शिल्ड पुरस्कार प्राप्त गरेका छन । 

प्रतियोगितामा उत्कृष्ट खेलाडी अपिन श्रीपाली र अनुशासितमा वालधर गोदार चयन भइ पुरस्कार प्राप्त गरेको प्रमुख एम्पाएर अर्जुन कार्कीले बताए । प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक तथा प्रहरी वरिष्ठ उपरिक्षक रामदत्त जोशी र दंगा प्रहरी नियन्त्रण गणका प्रमुख प्रहरी उपरीक्षक  विकास खनालले पुरस्कार तथा शिल्ड प्रदान गरेका थिए ।

प्रतियोगितामा ७६ टिमको सहभागिता रहेको प्रतियोगिता आयोजक संस्थाका सल्लाहकार पदम केसीले बताए ।  बुटवल ११ ओलीपथमा रहेको कबर्ड हलमा संचालित प्रतियोगिताको अध्यक्षता समाजका अध्यक्ष देव थापाले गरेका थिए ।