२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको सभापतिमा न्यौपाने

बिहिवार , माघ २६, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, २६ माघ ।

    नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको ४७ औं जिल्ला सभाको अधिवेशनबाट दीपक क्षेत्री न्यौपाने सभापतिमा निर्वाचित भएका छन् । अधिवेशनले न्यौपानेको सभापतित्वमा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

    जसको महिला उपसभापतिमा रुपमा कुमारी हिराचन, उपसभापतिमा मित्रलाल न्यौपाने, मन्त्रीमा रामचन्द्र उपाध्याय, कोषाध्यक्षमा सुशिल गुरुङ, उप–मन्त्रीमा अर्जुनराज उपाध्याय र उप–कोषाध्यक्षमा दिनेश पन्थी निर्वाचित भएका छन् ।

    त्यसै गरी सदस्यहरुमा सावित्री सोमरे, हिमा बेलवासे, जानकी घिमिरे, सञ्जिव शर्मा रेग्मी, अल्ताव हुसेन खान, बेनबहादुर पौडेल, निरञ्जन पाठक, महेन्द्रकुमार श्रेष्ठ, सुर्दशन प्रसाद नेपाल र टेक बहादुर थापा निर्वाचित हुनुभएको निर्वाचन अधिकारी दिनेश अर्यालले जानकारी दिए ।

    दुई दिनसम्म लुम्बिनीमा भएको सभामा बुधबार गते नयाँ समिति चयन गरी अधिवेशन सम्मन्न भएको शाखा अधिकृत कृष्ण मल्लले जानकारी दिए ।