२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

एमालेका चार नेतालाई नयाँ जिम्मेवारी तोकियो

बिहिवार , माघ २६, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौं, २६ माघ ।

    नेकपा एमालेको बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले चार नेताको जिम्मेवारी हेरफेर गरेको छ ।

    बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले रिक्त रहेका चार स्थानमा चार नेतालाई नयाँ जिम्मेवारी तोकेको हो ।

    जसअनुसार पूर्वसांसद तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई प्रदेश १  को इन्चार्ज चयन गरेको छ भने अर्थ तथा योजना आयोगको प्रमुखमा स्थायी कमिटी विन्दा पाण्डेलाई चयन भएकी छन्। त्यसै गरी अपांगता विभाग प्रमुखको इन्चार्जमा पोलिटब्युरो सदस्य पार्वत गुरुङ र मधेस प्रमुखमा रामचन्द्र मण्डललाई जिम्मेवारी तोकिएको प्रदिप ज्ञवालीले जानकारी दिए ।