२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

गुलाबको फूल आयातमा सरकारले लगायो प्रतिबन्ध 

बिहिवार , माघ २६, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काठमाडौं, २६ माघ । 
    सरकारले गुलाबको फूल आयातमा प्रतिबन्ध लगाएको छ । भ्यालेन्टाइन डे अर्थात १४ फ्रेबुअरी लक्षित गरी गुलाबको फूल आयातमा अर्को सुचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो ।

    कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टाइन तथा विषादी ब्यवस्थापन केन्द्र, हरिहरभवनकी प्रमुख साबित्री बरालले एक परिपत्र जारी गरी गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाईएको जानकारी दिएकी छन् । जसअनुसार काकडभिट्टा, भण्टाबारी, विराटनगर, मलगंवा, जलेश्वर, बिरगञ्ज, तातोपानी, एअरर्पोट, रसुवा, भैरहवा, कृष्णनगर, गडडाचौकी, लोमान्थाङ, बैतडी नाकाबाट गुलाबको फूल आयात गर्न नपाइने भएको छ ।

    ‘यस केन्द्र तथा अन्तरगतका कार्यालयहरुबाट विशेष कारणले अर्को व्यवस्था नभएसम्मका लागि गुलाबको फूल आयात नगर्नका लागि आयात अनुमति पत्र जारी गर्न नहुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ’ खनालद्वारा जारी गरिएको परिपत्रमा भनिएको छ ।