२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

‘बामदेव जोशी स्मृति पुरस्कार–२०७९’ बाट भण्डारी सम्मानित

बिहिवार , माघ २६, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, २६ माघ ।
    लायन्स क्लब अफ होलिसिटी, सिद्धार्थनगरका अध्यक्ष तथा विभिन्न संघ–संस्थामा क्रियाशिल मंगल भण्डारीलाई नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाद्वारा स्थापित ‘बामदेव जोशी स्मृति पुरस्कार–२०७९ प्रदान गरिएको छ । भण्डारीलाई रेडक्रस रुपन्देहीले आफ्नो ४७ औं जिल्लासभाको अधिवेशनको अवसरमा बुधबार लुम्बिनीमा आयोजित कार्यक्रममा कदर–पत्रसहित सम्मान गरिएको हो । 

    उनलाई प्रमुख अतिथि लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान, रेडक्रस रुपन्देहीका सभापति प्रेमलाल उदास, कदर-पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् । 

    मुलुकमा आएको भूकम्पको समयमा समेत प्रभावितहरुमा सहयोगका लागि अग्रणी भूमिका खेलेको तथा कोभिड–१९ को महामारीमा निजी श्रोतसाधनको प्रयोग गरी आफ्नै ज्यान जोखिममा राखी सयौं कोभिड संक्रमितलाई सम्बन्धित स्थानमा पुर्याइ जीवन बचाउने कार्य गरेको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको रेडक्रस रुपन्देहीका उपसभापति तथा बामदेव जोशी स्मृति पत्रकारिता पुरस्कार–२०७९ का संयोजक दीपक क्षेत्री न्यौपानेले बताए ।

    रुपन्देहीको ओमसतिया गाउँपालिका–२ पडसरी निवासी ४३ वर्षिय भण्डारी सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य समेत हुन् ।