२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

कोरोना अस्पतालबाट भागेका संक्रमित भालुवाङमा भेटिए

आइतवार , पौष १२, २०७७

बुटवल। बुटवलस्थित कोरोना विशेष अस्पतालबाट भागेका कोरोना संक्रमित लुम्बिनी प्रदेशको नयाँ राजधानी तोकिएको दाङको भालुवाङमा भेटिएका छन्।

आज विहान करिब ५ बजे अस्पतालबाट भागेका बुटवल १३ निवासी ५५ बर्षिय पुरुष दाङको भालुवाङबाट सम्पर्कमा आएको उनको पारिवरिक श्रोतले जनाएको छ। 

कोरोना संक्रमणको पुष्टि भएपछि गत बुधबारदेखि कोरोना अस्पतालमा आईसियुमा उपचाररत बिरामी शौचालय जाने बहानामा भागेर योगीकुटी पुगेका कोेरोना संक्रमित ब्यक्ति त्यहाँबाट सार्वजनिक सवारी बसको यात्रा गर्दै भालुवाङ पुगेको र आफन्तको सम्पर्कमा आएको उनका परिवारले बताएका छन्।

अस्पतालका अनुसार मानसिक समस्याको औषधी सेवन गरिहेका तथा निमोनियाका रोगी समेत रहेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुराइ पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो। 

कोरोना पुष्टि भएसँगै अस्पतालको आइसियु कक्षमा भर्ना भएका उनी भालुवाङ्गस्थित आफ्नै घरमा पुगेको उनका आफन्तले जानकारी दिएको अस्पतालले जनाएको छ। अस्पताल प्रशासनलाई बिरामीको अवस्थाका बारेमा प्रयाप्त जानकारी गराइएको भएपनि लापरवाहीका कारण यो घटना घटेकोमा परिवारले चिन्ता ब्यक्त गरेका छन् ।

यस्तो प्रकारको कमजोरी र लापरवाही नगर्न उनिहरुले आग्रह गरेका छन् ।