२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

‘उत्कृष्ट स्वयंसेवक पुरस्कार–२०७९’ बाट माधव शर्मा सम्मानित

शुक्रवार , माघ २७, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, २७ माघ ।
    नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका कोषाध्यक्ष माधव शर्मा ‘उत्कृष्ट स्वयंसेवक पुरस्कार–२०७९’ बाट सम्मानित भएका छन् । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा सिद्धार्थनगरद्वारा स्थापित उक्त पुरस्कार शर्मालाई प्रदान गरिएको हो ।

    रेडक्रस सोसाइटी रुपन्देहीको ४७ औं जिल्ला सभाको अधिवेशनको अवसरमा लुम्बिनीमा बुधबार आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमान, रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासले शर्मालाई सम्मान–पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

    रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखामा आजीवन सदस्यता ग्रहण गरी २०७१ सालदेखि हालसम्म निरन्तर रेडक्रसको विकास एवं मानवीय सेवा कार्यमा प्रत्यक्ष रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरी योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो । सिद्धार्थनगर नगरपालिका–१, बेलहिया निवासी शर्मा दोस्रो कार्यकाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाको कोषाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । उनी विभिन्न संघ–संस्थामा आबद्ध छन् ।