२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

लोकतान्त्रिक विद्यार्थी संघ भैरहवा बहुमुखी क्याम्पसको संयोजकमा जैनुद्दिन

आइतवार , माघ २९, २०७९

  • 5.6K
    Shares
  • 5.6K
    Shares
  • भैरहवा, २९ माघ । लोकतान्त्रिक विद्यार्थी संघ भैरहवा बहुमुखी क्याम्पस इकाई कार्यसमितिको संयोजकमा जैनुद्दिन देवान चयन भएका छन् । देवानको संयोजकत्वमा १७ सदस्यीय इकाई कार्यसमिति गठन गरिएको छ ।

    समितिमा रोशन मिश्रा, अमन बनिया, दीपक गुप्ता, अशोक यादव, ईरफान फकिर, कृष्ण गुप्ता, शुभम बढई, ममता पाण्डे, निकिता यादव, अनिषा यादव, सुप्रिया जयसवाल, सुमन धवल, अस्मिता धवल, सपना मल्लाह र विजय प्रकाश यादव रहेका छन् । भैरहवामा आइतबार आयोजित एक कार्यक्रममा देवानको संयोजकत्वमा ईकाई समिति गठन गरिएको हो ।

    कार्यक्रममा केन्द्रिय विद्यार्थी प्रतिनिधि रामकिसुन नायक, लोसपा सिद्धार्थनगर अध्यक्ष मोहम्मद बसिर अहमद, विद्यार्थी नेता रोशन मिश्रा, अमन बनिया, दीपक गुप्ता, कृष्ण गुप्ता, इरफान अलि फकिर, सुभम बढइ, ममता पाण्डे, सुप्रिया जयसवाल, अशोक यादव र सुमन धवल लगायतको सहभागीता रहेको थियो ।