images

मंगलवार, बैशाख २५ गते २०८१

तिलोत्तमामा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

तिलोत्तमामा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

images
images
images
आइतवार, माघ २९ २०७९
आइतवार, माघ २९ २०७९
  • तिलोत्तमामा राष्ट्रपति रनिङ्ग शिल्डको तयारी पूरा

    तिलोत्तमा, २९ माघ । 
    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ स्थित जनज्योती खेलमैदानमा (सोमबार (भोलि) देखि हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख गंगाराम आचार्यले जानकारी दिए । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मैदान निर्माण लगायत अन्य सम्पूर्ण तयारी पूरा भएको खेलकुद सञ्चालन समितिका सदस्य तथा व्यवस्थापक दीपक खनालले बताए ।

    images
    images
    images

    चौथो राष्ट्रपति रनिङ्ग शिल्डको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्ने भएका छन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका संयोजक नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख गंगाराम आचार्यले रनिङ्ग शिल्ड प्रतियोगिता विद्यार्थीहरुलाई विद्यालयस्तरबाटै खेलकुदमा रुची जगाउने र उनीहरूको प्रतिभा पहिचान गराउने भएकोले यसलाई खेल महोत्सवकै रूपमा लिएर उत्साहका साथ सहभागी हुन आह्वान गरेका छन् । 

    यो प्रतियोगितालाई नगरपालिकाकै गरिमाको रुपमा हेरिएको बताउँदै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सबै विद्यालय, विद्यार्थी तथा अभिभावकहरु र खेलप्रेमी महानुभावहरुलाई सो प्रतियोगितालाई आ–आफ्नो तवरबाट सहभागिता जनाई सहयोग गर्न आग्रह समेत गरेका छन् । 

    प्रतियोगितामा नगरपालिकाभित्र सामूदायिक र संस्थागत गरी ३६ विद्यालयले सहभागीता जनाउनेछन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ३० स्वर्ण पदकका लागि ४ हजार बढी खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा भलिबल, कबर्डी, एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधामा खेल सञ्चालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका सचिवालय सदस्य एवं कुँवरवर्ती अंग्रेजी माध्यामिक विद्यालयका प्रधानाध्यापक दीपक खनालले बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij