images

मंगलवार, बैशाख २५ गते २०८१

तिनाउ इङलिस बोर्डिङ स्कूलमा विभिन्न प्रतियोगिता

तिनाउ इङलिस बोर्डिङ स्कूलमा विभिन्न प्रतियोगिता

images
images
images
सोमवार, फाल्गुण १ २०७९
सोमवार, फाल्गुण १ २०७९
  • तिनाउ इङलिस बोर्डिङ स्कूलमा विभिन्न प्रतियोगिता

    बुटवल, १ फागुन ।
    तिनाउ इङलिस बोर्डिङ स्कूलमा बुटवल–११ मा जारी खेल महोत्सवमा आइतबार पनि विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । महोत्सवमा आइतबार मन्टेश्वरी एल.के.जी., यु.केजी. र कक्षा १ सम्मका विद्यार्थीहरुलाई म्यूजीकल स्टेचु, बल कलेक्सन, टफी बाईट, गणितीय दौड, तातो आलु जस्ता विभिन्न खेल विधामा खेलाइएको छ ।

    images
    images
    images

    स्कूलका सह–संयोजक अग्नीधर पोख्रेलकाअनुसार मन्टेश्वरीलाई खेलाइएको टफी वाईटमा नविना के.सी प्रथम, आयुस पुन द्वितीय र रियाना बेलबासे तृतीय भएका छन् । सोही कक्षाबाट बल जम्मा गर्ने खेलमा सम्राट घिमिरे प्रथम, रियाना बेलवासे द्वितीय र रियाज विक तृतीय भएका छन् भने कलर खेलमा सोही कक्षाकी एन्द्र एन्ड्रीसा अर्याल प्रथम, ए रचना पढाई द्वितीय र अध्ययन श्रेष्ठ तृतीय भएका छन् ।

    त्यसै गरी नर्सरी तर्कको म्यूजीकल स्टेचु खेलमा नर्सरी पिसका विपिन थापा प्रथम, सोही कक्षाका नविन विक द्वितीय र सरस्वती दास तृतीय भएका छन् । बल कलेक्सनमा भने नर्सरी फेर्थका ध्रुब सुनार प्रथम, पिसका अबेस चौधरी द्वितीय र पिसकै लुकसून तृतीय भएका छन् । 

    सोही कक्षामा खेलाइएको इभित्र बाहिर खेलमा हाप सेक्सनबाटै केनिया श्रेष्ठ प्रथम, सरना श्रेष्ठ द्वितीय र श्रीसब भण्डारी तृतीय भएका छन् । सोही कक्षाका लागि खेलाइएको टफी बाईट खेलमा फेथका ध्रुब सुनार प्रथम, उमंग सुनार द्वितीय र अनुखी पौडेल जिसकी तृतीय भएका छन् । तातो आलु खेलमा भने दिपसन खत्री फेथका प्रथम बृक्षा महत द्वितीय र लोटस्की गरीमा रोका तृतीय भएका छन् । 

    एल. के. जी. तोफ खेलाइएको म्यूजीकल स्टेचुमा लोटसकी अनुजा श्रेष्ठ प्रथम, ट्रस्टका सफल पोखाल द्वितीय र फेथकी सुयसा जि. आर. तृतीय भएका छन् । बल कलेक्सनमा ट्रस्टका आकस गुरूङ प्रथम, फेथकी सिम्रन बिष्ट द्वितीय र पिएकी सचिन अर्थात तृतीय भएका छन् । भित्र बाहिर खेलमा भने फेथकी रिसिका वर्मा प्रथम, होपका सोनिस थापा द्वितीय र ट्रस्टका हस टण्डन तृतीय भएका छन् ।

    तातो आलु खेलमा भने अनुजा श्रेष्ठ, आदित कार्की र रिहान बिष्टले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । युकेजीतर्फ खेलाइएको खेलमा म्यूजिकल स्टेचु खेलमा केली सिंजाली प्रथम, सौरभ खड्का द्वितीय र बिन्दु गाहा तृतीय भएका छन् । बल कलेक्सनमा रिवाज खनाल प्रथम, समिर पाण्डे द्वितीय र अनुज महत तृतीय भएका छन् । भित्र बाहिर खेलमा हार्दिक अर्थात प्रथम, सुसन भट्टराई द्वितीय र समता थापा तृतीय भएका छन् ।

    कक्षा १ तर्फको खेलमा गणितीय दौडमा सान्भी अर्याल प्रथम, अर्नभ भुसाल द्वितीय र आर्यभ पौडेल तृतीय भएका छन् । तातो आलु खेलमा भने अर्नभ भुसाल प्रथम, प्रवेश खनाल द्वितीय र सुबाना हक तृतीय भएका छन् । सो अवसरमा प्राचार्य सीता पाण्डे, स्कूलका सह–संयोजक अग्नीधर पोख्रेल, खेलकुद संयोजक वेद न्यौपाने लगायतले बोलेका थिए ।

    खेलकुदहरू कक्षा, शिक्षक तथा लेवल इन्चार्जहरुको निगरानी र निर्देशनमा चलिरहेको छ । सोमबार (आज)देखि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका खेलकुदहरू हुने स्कूलका अध्यक्ष यज्ञमूर्ति पाण्डेले जानकारी दिए । प्रतियोगिता फागुन ४ गतेसम्म चल्ने र ५ गते पुरस्कार वितरण गरिनेछ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij