२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

२१ लाख बढी भाडा छुट गर्ने लुम्बिनीका शोमनाथ यादव सम्मानित

सोमवार , पौष १३, २०७७

भैरहवा, १३ पुस ।
कोभिड–१९ को विषम परिस्थितिमा पर्यटन व्यवसायीलाई माथि उठाउन टेवा पु¥याउने हेतुले लुम्बिनीका एक व्यक्तिले आफ्नो घर तथा जमिनमा भाडामा बसेर व्यवसाय गर्ने १७ वटा व्यवसायीलाई ९ महिनाको घरभाडा छुट गरेका छन् । लुम्बिनीमै जन्मेर हुर्केका ६८ वर्षिय शोमनाथ यादवले आफुले मासिक उठाउँदै गरेको सम्पूर्ण भाडा ९ महिनाको पूर्ण रुपमा मिनाहा गरेका हुन् । 

उनले १७ वटा व्यवसायीहरुबाट मासिक २ लाख ४० हजार भाडा लिने गरेका थियो । उनले ९ महिनाको २१ लाख ६० हजार भाडा छुट गरेका छन् । कोभिडको कारण व्यवसाय समस्यामा परेकोले राहत स्वरुप उनले बुद्धग्राम रोबटिक थिएटर (नाटक घर), ७ वटा रेष्टुरेण्ट, ७ जना साना व्यवसायी,  २ वटा बसका टिकट काउन्टरलाई पूर्ण रुपमा भाडा छुट गरेका छन् । व्यवसायीलाई प्रोत्साहन गर्नको लागि यादवले उक्त भाडा छुट गरेको बताएका छन् ।

लुम्बिनी पर्यटकीय क्षेत्र भएकोले कोभिड–१९ का कारण पर्यटक आगमन बन्द भएपछि व्यवसायी धरासायी हुने अवस्थामा यादवले १७ व्यवसायीका बुद्ध बनेर दान दिएको कार्य सराहनीय भएको बताउँदै ३२ वटा होटल लुम्बिनीमा भाडामा रहेको लुम्बिनी होटल व्यवसायी संघका सचिव लीलामणि शर्माले बताए ।

लुम्बिनी विकास कोषले स्थानीय संस्कृति संरक्षण गर्न र स्थानीयको परम्परागत व्यवसायलाई निरन्तरता दिने दिगो योजनाका साथ अगाडि बढ्नुपर्ने भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रेय महास्ती वीरले बताए ।

12.jpgपालको पर्यटन अवस्थालाई माथि उठाउन लुम्बिनी प्रमुख केन्द्र रहेको बताउँदै लुम्बिनीमा आएका पर्यटकलाई एकरात राख्ने वातावरण सिर्जना गर्न पर्यटन व्यवसायी लाग्नुपर्ने लुम्बिनी नागरिक समाजका सह–संयोजक हेमबहादुर विष्टले बताए ।
रेष्टुरेण्ट व्यवसायी धिरज भण्डारीको अध्यक्षता तथा पर्यटन व्यवसायी पुरुषोत्तम अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।