images

मंगलवार, बैशाख २५ गते २०८१

रुपन्देही सुपर लिग : शंकरनगर क्रिकेट क्लब १०० रनले विजयी

रुपन्देही सुपर लिग : शंकरनगर क्रिकेट क्लब १०० रनले विजयी

images
images
images
सोमवार, फाल्गुण १ २०७९
सोमवार, फाल्गुण १ २०७९
  • रुपन्देही सुपर लिग : शंकरनगर क्रिकेट क्लब १०० रनले विजयी

    भैरहवा, १ फागुन ।
    रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को सोमबारकोे खेलमा शंकरनगर क्रिकेट क्लबले नेपथ्य ज्ञानोदय क्रिकेट क्लबमाथि १०० रनको सानदार जित निकालेको छ ।

    images
    images
    images

    सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको शंकरनगरले निर्धारित ४८ ओभरको खेलमा ९ विकेटको नोक्सानीमा २ सय ३ रनको उच्च योगफल बनाएको थियो । उसका लागि सम्राट थापाले ६ चौकाको मद्दतमा नटआउट ४५, महेन्द्र सुवेदीले ३६, आशिष खत्री र प्रवेश सारु मगरले समान १७–१७ रन जोडे । बलिङमा नेपथ्यका सुनिल धमलाले ३, आशुतोष पाण्डेले २ तथा विजय बस्नेत, कृष्ण पराजुली, सुलभ ढुंगाना र अंकित विकले समान १–१ विकेट लिए ।

    प्रतिउत्तरमा २ सय ४ रनको लक्ष्य पछ्याएको नेपथ्य २५.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३ रनमै रोकियो । उसका लागि कृष्ण पराजुलीले ३२ र सुनिल धमलाले ३१ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपथ्यलाई सस्तैमा रोक्न ७.५ ओभर बलिङ गरेका शंकरनगरका केशव पौडेलले १ मेर्डन राख्दै २४ रन खर्चेर ४ विकेट लिए । यस्तै, सम्राट थापाले ३ र महेन्द्र सुवेदीले २ विकेट लिए । शंकरनगरका सम्राट थापा म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

    प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टीमको सहभागिता छ । प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

    प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता विजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपविजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्स, भैरहवाका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् । प्रतियोगिता चैत्र ३ गतेसम्म चल्नेछ ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij