images

सोमवार, बैशाख २४ गते २०८१

खड्गप्रसाद गौचन स्मृति पाँचौ राष्ट्रिय यु–१९ क्रिकेट : काशी नोबल विजयी

खड्गप्रसाद गौचन स्मृति पाँचौ राष्ट्रिय यु–१९ क्रिकेट : काशी नोबल विजयी

images
images
images
सोमवार, फाल्गुण १ २०७९
सोमवार, फाल्गुण १ २०७९
  • खड्गप्रसाद गौचन स्मृति पाँचौ राष्ट्रिय यु–१९ क्रिकेट : काशी नोबल विजयी

    बुटवल, १ फागुन ।
    खड्ग प्रसाद गौचन स्मृति पाँचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा भैरहवाको काशी नोबल एकेडेमीले विजयी भएको छ । सोमबार भएको उद्घाटन खेलमा काशीले देवदह क्रिकेट युनिटलाई ८ विकेटले पराजित गरेको हो । पूर्व क्रिकेटर शक्ति गौचनले आफनो बुवाको स्मृतिमा आयोजना देवदह क्रिकेट मैदान शितलनगरमा भएको खेलमा टस जितेर देवदहले ४० रनको लक्ष्य दिएको थियो ।

    images
    images
    images

    देवदहका संकित भट्टराईले २४ बलमा ९ र सुरज खड्काले २७ बलमा ८ रनबाहेक अन्य ब्याट्सम्यान टिक्न सकेनन । कम स्कोरमा रोक्न काशीका शेहजाद आलमले ४ तथा सन्तोष यादवले २ विकेट लिए । झिनो लक्ष्यलाई काशीका ब्याट्सम्यानहरुले ८ ओभरमा ३ विकेटको नोक्सानीमा भेटाए । विजय प्रजापतिले २२ रन समिर अलिले ११ रनको योगदान दिए । खेलमा शेहजाद आलम म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

    मंगलबार स्टार क्रिकेट एकेडेमी र काशी नोबल एकेडेमी तथा सेन्टर क्रिकेट एकेडेमी कास्की र देवदह क्रिकेट युनिटकाबीच हुनेछ । गौचनले वार्षिक कार्ययोजना बनाएर प्रतियोगिताहरु गर्दै आएका छन् । बुवाको स्मृतिमा यु–१६ खेलबाट सुरु गरेर पाँचौ संस्करणमा आइपुग्दा यु–१९ राष्ट्रिय प्रतियोगिता गर्न लागेको उनले बताए । पुरस्कार राशी पाँचौ संस्करणमा ३० हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको लिग खेलहरु २५ ओभरको हुनेछ भने फाइनल खेल ४० ओभरको खेलाइनेछ ।

    यसवर्ष रुपन्देहीको देवदह क्रिकेट युनिट, स्टार क्रिकेट एकेडेमी, काशी नोबेल एकेडेमी, सेन्टर क्रिकेट एकेडेमी कास्की, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौ, मदन भण्डारी स्पोर्टस एकेडेमी (प्रदेश टीम), न्यू होराइजन स्पोर्टस क्लब, धनगढी क्रिकेट एकेडेमीलाई दुई समूहमा राखेर ८ टीमबीच खेल हुनेछ । लिगको आधारमा हुने खेलमा दुई समूहबीच ३–३ गरी कुल १५ खेल हुनेछ । 

    एक समारोहकाबीच देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, न्यू होराइजन माविका प्राचार्य लोकनाथ ज्ञवाली, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय सदस्य कमल पाण्डेले प्रतियोगिताको उद्घाटन गरेका छन् । 

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij