images

सोमवार, बैशाख २४ गते २०८१

पाँचौं पिएल पिएल : नेपाल-भारतका ३२ क्रिकेट टीम सहभागी

पाँचौं पिएल पिएल : नेपाल-भारतका ३२ क्रिकेट टीम सहभागी

images
images
images
सोमवार, फाल्गुण १ २०७९
सोमवार, फाल्गुण १ २०७९
  • पाँचौं पिएल पिएल : नेपाल-भारतका ३२ क्रिकेट टीम सहभागी

    भैरहवा, १ फागुन ।
    बुद्ध जन्मस्थल लुम्बिनीमा पाँचौं पडरीया लुम्बिनी प्रिमियर लिग क्रिकेट (पिएल पिएल) टुर्नामेन्ट सुरु भएको छ । लुम्बिनी नव युवा क्लब पडरियाको आयोजनामा लुम्बिनी विकास कोषको खेलमैदानमा नेपाल र भारतका ३२ टीमको सहभागितामा इण्डो नेपाल नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

    images
    images
    images

    प्रतियोगिताको लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले उद्घाटन गर्दै क्रिकेट खेल अहिलेको युवाहरूको आकर्षण भएकोले स्थानीय सरकार क्रिकेटको विकासमा सहकार्य गर्दै आएको बताए । क्रिकेटको उर्भरभूमि रहेको रुपन्देहीबाट थुप्रै खेलाडी उत्पादन भइ जिल्ला र राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्दै गइरहेकोले यो खेलले पनि खेलाडीको विकाससँगै नेपाल र भारतका खेलाडी साथीबीच प्रतिस्पर्धात्मक र भाइचाराको सम्बन्ध कायम गर्नमा सहयोग पुग्ने बताए ।

    प्रतियोगितामा नेपाल र भारत तर्फबाट १६–१६ टीमबीच प्रतिष्पर्धा हुने आयोजक संस्था लुम्बिनी नव युवा क्लबका अध्यक्ष अहमद हुसेनले जानकारी दिए । नकआउट चरणमा हुने खेल देशबीच प्रतिष्पर्धा हुने गरी तालिका बनाइएको छ । प्रतियोगितामा भारतको गोरखपुर, आजमगढ, लखनउ, बढनी, ककरहवा, उस्का आजमगढ लगायतका टीमले सहभागिता जनाएका छन् भने नेपालतर्फबाट रुपन्देही, गुल्मी, कपिलवस्तु र नवलपरासीका टीमहरुबीच प्रतिष्पर्धा हुनेछ ।

    विगत ४ वटा प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको यो प्रतियोगिताले यस क्षेत्रको खेलाडीहरुमा विकाससँगै अनुशासनमा रुपान्तरण गरेको छ । १५–१५ ओभरमा दैनिक २ वटा प्रतियोगिता हुने अध्यक्ष हुसेनले बताए ।    

    प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले ८० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै बेष्ट ब्याट्सम्या र बेष्ट बलरलाई तीन हजार नगद, अनुशासित टीमलाई ५ हजारले पुरस्कृत गरिने खेल संयोजक मोहम्मद सरिफले बताए । म्यान अफ द सिरिजमा भने यसपटक रेन्जर साइकल राखिएको छ भने प्रत्येक खेलको म्यान अफ द म्याच र गेम चेन्जर खेलाडीलाई नगद ५–५ सयले पुरस्कृत गरिने आयोजकले जानकारी दिएका छन् । 

    उद्घाटनको अवसर पारेर पहिलो दिन २ वटा खेल सम्पन्न भएको छ । पहिलो खेल जावेद स्टार र सन्तकविर नगरबीच भएकोमा जावेद स्टार ८ विकेटले विजयी भएको छ । त्यस्तै दोस्रो खेल लुम्बिनी युथ क्लब र मर्चवार स्टारबीच भएकोमा २५ रनले मर्चवार स्टार विजयी भएको छ । भोलि (मंगलबार) को खेल रोहिणी स्टार धकधई र होटल पवन प्यालेज र दोस्रो खेल ओजश कन्सट्रक्शन र जय विष्णु विल्डर्सबीच हुनेछ । न्युज कारखाना

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij