images

मंगलवार, बैशाख २५ गते २०८१

रुपन्देही सुपर लिग : बुटवल–११ विजयी

रुपन्देही सुपर लिग : बुटवल–११ विजयी

images
images
images
मंगलवार, फाल्गुण २ २०७९
मंगलवार, फाल्गुण २ २०७९
  • रुपन्देही सुपर लिग : बुटवल–११ विजयी

    भैरहवा, २ फागुन ।
    भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’को मंगलबारकोे खेलमा बुटवल–११ क्रिकेट क्लब विजयी भएको छ । बुटवल–११ ले बुटवल युथलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो ।

    images
    images
    images

    सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको बुटवल युथले निर्धारित ४७ ओभरको खेलमा १९ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ६६ रनको झिनो योगफल बनायो । उसका लागि कृष्ण सेनले १५, सुमन थापाले १२ तथा पदम मुखियाले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न बुटवल–११ का सुदन श्रेष्ठले ९ ओभर बलिङ गर्दै २९ रन खर्चेर ७ विकेट लिए । यस्तै, अशोक पौडेलले २ तथा एजाज अहम्मदले १ विकेट लिए ।

    प्रतिउत्तरमा ६७ रनको सामान्य लक्ष्य पछ्याएको बुटवल–११ ले ७ दशमलव २ ओभरमा ३ विकेट गुमाउँदै ६९ रन बनाई जीत निकाल्यो । उसको जीतमा विवेक शर्माले १९, विभेष खातीले नटआउट १३ र अशोक पौडेलले अविजित ११ रनको योगदान दिए । बलिङमा बुटवल युथका पदम मुखियाले २ तथा सन्तोष परियारले १ विकेट लिए । बुटवल–११ का सुदन मुखिया म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे । रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता चैत्र ३ गतेसम्म चल्नेछ ।

    प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टीमको सहभागिता छ । प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता विजेता पुरस्कार एभरेष्ट कत्था मिल तथा उपविजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्स, भैरहवाका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij