images

मंगलवार, बैशाख २५ गते २०८१

बुटवलमा फागुन ४ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

बुटवलमा फागुन ४ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

images
images
images
मंगलवार, फाल्गुण २ २०७९
मंगलवार, फाल्गुण २ २०७९
  • बुटवलमा फागुन ४ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

    बुटवल, २ फागुन ।

    images
    images
    images

    बुटवलमा यही फागुन ४ गतेदेखि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७९ हुने भएको छ । प्रतियोगिता आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो । 

    प्रतियोगिताको फागुन ४ गते बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतियोगिता संयोजक हरि प्रसाद श्रेष्ठले जानकारी दिए । उनले सामुदायिकतर्फका १६ र संस्थागत तर्फका २२ गरी ३८ विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउने बताए । 

    प्रतिगोगिताअन्तरगत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेलमा ४ सय ९४ टीमका १ हजार ९१ विद्यार्थी सहभागी हुने उनले बताए ।

    प्रतियोगितामा सहभागी हुने खेलाडीको सुरक्षालाई ध्यानमा राखेर सबै प्रतियोगी खेलाडीको एक महिनाको बीमा गर्ने प्रतियोगिताका सचिव प्रेमबहादुर बस्नेतले बताए । उनकाअनुसार प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरुलाई क्रमश : १५, १० र ५ हजार रुपैयाँ र नगद प्रदान गरिनेछ । 

    खेलको व्यवस्थापन तथा सञ्चालनका लागि वडा नम्बर ५ का अध्यक्षसमेत रहुका पूर्वखेलाडी हरिप्रसाद श्रेष्ठको नेतृत्वमा मूल समिति र विभिन्न विधागत उपसमितिहरु गठन भएको प्रचारप्रसार उपसमिति संयोजक सी. पी. खनालले जानकारी दिए ।
    प्रतियोगिताको उद्घाटनका दिन कालिका मानवज्ञान माध्यमिक विद्यालयले स्वागत पीटी प्रदर्शन, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयले बहुसाँस्कृतिक कार्यक्रमलगायतका साँस्कृतिक कार्यक्रम प्रस्तुति रहने उनले बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij