images

मंगलवार, बैशाख २५ गते २०८१

खड्ग प्रसाद गौचन स्मृति क्रिकेट प्रतियोगितामा काशी नोबल र देवदह विजयी  

खड्ग प्रसाद गौचन स्मृति क्रिकेट प्रतियोगितामा काशी नोबल र देवदह विजयी  

images
images
images
मंगलवार, फाल्गुण २ २०७९
मंगलवार, फाल्गुण २ २०७९
  • खड्ग प्रसाद गौचन स्मृति क्रिकेट प्रतियोगितामा काशी नोबल र देवदह विजयी  

    बुटवल, २ फागुन ।
    खड्ग प्रसाद गौचन स्मृति पाँचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा काशी नोबल एकेडेमी र देवदह क्रिकेट क्लबले जीत निकालेका छन् । मंगलबार भएको खेलमा काशीले स्टार क्रिकेट एकेडेमी माथि १ सय ९ रन दोस्रो खेलमा देवदह क्रिकेट क्लबले कास्की क्रिकेट क्लबमाथि १३ रनको जीत निकालेको हो । 

    images
    images
    images

    देवदह क्रिकेट मैदान शितलनगरमा भएको पहिलो खेलमा टस जितेर काशीले निर्धारित २५ ओभरमा १ सय ८२ रनको लक्ष्य खडा गरेको थियो । काशीका आशिष रोकाले ४३ रन तथा शेहजाद आलमले ३८ रनको योगदान दिए । स्टारका अमित अधिकारीले ४ र सुस्बिन पाण्डेले २ विकेट लिए । विशाल लक्ष्य पछ्याएको स्टार क्रिकेट एकेडेमीका ब्याट्सम्यानहरु १९.३ ओभरमा सबै विकेट गुमाएर ७३ रनमा समेटियो । स्टारका नन्दलाल चाइले १३ रन तथा आस्मान थारुले ११ रनबाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन । कम स्कोरमा रोक्न काशीका सुप्रित घिमिरेले र अर्जुन करुषले समान ३–३ विकेट लिए । काशीका सुप्रित घिमिरे खेलमा म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

    त्यसै गरी दोस्रो खेलमा टस जितेर देवदह क्रिकेट युनिटले निर्धारित २५ ओभरमा ६ विकेट नोक्सानीमा १ सय ६५ रनको लक्ष्य खडा गरेको थियो । देवदहका क्षितिज थापा मगरले ६७ रन तथा सर्वतन सुनारले ३० रनको योगदान दिएका थिए । कास्कीका अमन सुवेदीले ३ तथा नितेश गिरीले २ विकेट लिए । 

    विशाल लक्ष्य पछ्याएको कास्कीका ब्याट्सम्यान निर्धारित २५ ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रनमा समेटियो । कास्कीका लागि सिब्रिन श्रेष्ठले ६४ र संकल्प अधिकारीले २३ रनको योगदान दिए । कम स्कोरमा रोक्न देवदहका अनुज सिंह ठकुरीले ४ तथा प्रशन्न गैरेले २ विकेट लिए । खेलमा देवदहका अनुजसिंह ठकुरी म्यान अफ दी म्यानबाट पुरस्कृत भए ।

    प्रतियोगिताको बुधबार हुने खेलमा सेन्टर क्रिकेट एकेडेमी कास्की र काशी नोबल एकेडेमी तथा स्टार क्रिकेट एकेडेमी र देवदह क्रिकेट युनिटका बीचमा हुनेछ । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij