images

मंगलवार, बैशाख २५ गते २०८१

तिलोत्तमा रनिङ शिल्डमा १० स्वर्णसहित कुंवरवर्तीको अग्रता

तिलोत्तमा रनिङ शिल्डमा १० स्वर्णसहित कुंवरवर्तीको अग्रता

images
images
images
मंगलवार, फाल्गुण २ २०७९
मंगलवार, फाल्गुण २ २०७९
  • तिलोत्तमा रनिङ शिल्डमा १० स्वर्णसहित कुंवरवर्तीको अग्रता

    तिलोत्तमा, २ फागुन । 
    रुपन्देहीको तिलोत्तमामा जारी चौथो तिलोत्तमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कुंवरवर्ती बोर्डिङ स्कुल तिलोत्तमा–८ ले पराकिलो अग्रता कायम गरेको छ । कुल ३० स्वर्ण पदकमध्ये २० वटा इभेन्टका खेलहरु सकिंदा कुंवरवर्तीले १० स्वर्ण पदक जित्दै अग्रता हासिल गरेको हो । 

    images
    images
    images

    वडा नम्बर ४ स्थित जनज्योति क्लबको खेलमैदानमा भएको जारी  प्रतियोगितामा पशुपति मावि कोटिहवाले २ तथा होराइजन जीबीएस, जनजागृति, शान्ति नमूना, टिकुलिगढ मावि, सेन्ट जोसेफ बोर्डिङ, न्यू इन्भाइरन्मेन्ट, पर्ल एकेडेमी र सिद्धार्थ बोर्डिङ स्कूलले एक–एक स्वर्ण पदक जितेका प्रतियोगिताको एथलेटिक्स संयोजक मित्रलाल न्यौपानेले जानकारी दिए । 

    त्यस्तै छात्र छात्रा भलिबलतर्फ कुंवरवर्ती बोर्डिङ स्कूल फाइनलमा प्रवेश गरेको छ । उसले छात्रतर्फ जनज्योति मावि र छात्रातर्फ सेन्ट जोसेफसँग उपाधिका लागि प्रतिष्पर्धा गर्ने भलिबल संयोजक मिलन रानाले जानकारी दिए ।  

    त्यस्तै कबड्डीतर्फ छात्राको फाइनलमा होराइजन जीबीएस र नवज्योति, छात्रतर्फ पहिलो सेमीफाइनलमा नवज्योति र पश्चिम पहुनी माविबीच हुनेछ । दोस्रो सेमीफाइनल खेल सेन्ट जोसेफ र शान्ति नमूना माविबीच हुने कबड्डी संयोजक राजेन्द्र केसीले जानकारी दिए ।

    नगरभित्रका सरकारी र निजी गरी ३७ विद्यालयका करिब ४ हजार विद्यार्थीले विभिन्न इभेन्टमा प्रतिष्पर्धा गरेका तिलोत्तमा नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए । प्रतियोगिताको फागुन ३ गते बिहान ११ बजे समापन हुने भएकाले नगरभित्रका विद्यालयका शिक्षक र प्रतियोगितामा भाग लिएका विद्यार्थीहरुलाई उपस्थित हुन प्रतियोगिताको सचिवालय संयोजक दीपक खनालले आग्रह गरेका छन् । 

    यसअघिका प्रतियोगितामा पहिलो संस्करण नवज्योति बोर्डिङ स्कुलले तथा दोस्रो र तेस्रो संस्करणको रनिङ शिल्ड कुंवरवर्ती बोर्डिङ स्कुल तिलोत्तमा–८ ले जितेको थियो । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij