२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता  

बुधवार , फाल्गुण ३, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काठमाडौं,३ फागुन ।

    राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । 

    सिंहदरवारस्थित मन्त्रालयमा मंगलबार उप्रधानमन्त्री लिङ्देन र विदेश सचिव क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनकाअनुसार भेटमा ऊर्जा क्षेत्रको विकासलगायत द्विपक्षीय हित र चासोका छलफल भएको छ । 

    यसअघि मंगलबार बिहान विदेश सचिव क्वात्राले एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग कोटेश्वरमा शिष्टाचार भेटवार्ता गरेका थिए ।