images

सोमवार, बैशाख २४ गते २०८१

जनउत्थानलाई उत्कृष्ट व्यवसाय पुरस्कार

जनउत्थानलाई उत्कृष्ट व्यवसाय पुरस्कार

images
images
images
मंगलवार, श्रावण ६ २०७७
मंगलवार, श्रावण ६ २०७७
  • जनउत्थानलाई उत्कृष्ट व्यवसाय पुरस्कार

    तिलोत्तमा, २० असार ।

    images
    images
    images

    रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवास्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गरेको छ । जनउत्थानसहित देशभरबाट ६ वटा सहकारीले उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गरेका छन् । जनउत्थानले प्रदेश ५ का सहकारी मध्येबाट उत्कृष्ट हुँदै यो पुरस्कार पाएको हो ।

     
     
     

    ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघले ५ वटा प्रदेशका उत्कृष्ट सहकारीहरुलाई पुरस्कृत गरेको हो । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, मन्त्रालयका सचिव केदार न्यौपाने र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले जनउत्थान सहकारीकी अध्यक्ष ज्ञानु पौड्याल लगायतलाई प्रमाणपत्रसहित पुरस्कृत गरेका हुन् ।

    प्रदेश ५ मै सबैभन्दा धेरै करिब २० हजार जना शेयर सदस्य रहेका जनउत्थानले यस अघि देशभरकै र प्रदेश ५ कै उत्कृष्ट सहकारी तथा उत्कृष्ट व्यवस्थापक पुरस्कार पाइसकेको सहकारीका व्यवस्थापक रन बहादुर थापाले बताए ।

    कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेल, पूर्व अध्यक्ष दीपकप्रकाश बाँस्कोटा, उपाध्यक्ष रमेश पोखरेल, महासंघका लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देकोटा, यूएनडिपी नेपालका सहायक आवासीय प्रतिनिधि विजय सिंहले मुलुकको समृद्धिका लागि सरकारले सहकारीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।

    राष्ट्रिय सहकारी महासंघले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा हरेक वर्ष उत्कृष्ट सहकारीहरुलाई पुरस्कृत गर्दै आएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij