२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

नयाँ बसपार्क घटना : दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सांसदहरुको माग

बुधवार , फाल्गुण ३, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काठमाडौं, ३ फागुन । काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा गत सोमबार भएको घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सांसदहरुले माग गरेका छन् । 

    बुधबार जारी प्रतिनिधिसभाको शून्य समयमा बोलेका अधिकांश सांसदहरुले सोमबार भएको सो घटनाका दोषी जोसुकै भए पनि कारबाही गर्न सरकारसँग माग गरेका हुन् । 

    तर, अहिलेसम्म सो घटनाको योजनाकार पक्राउ नपरेको भन्दै सरकारको आलोचना गरेका उनीहरुले प्रदर्शनकारीबाट भएको लुटपाट र तोडफोडको क्षति व्यवसायीलाई उपलब्ध गराउन पनि माग गरे । 

    काठमाडौंमै सरकारले उचित र व्यवस्थित सुरक्षा व्यवस्था गर्न नसक्दा सरकारी र व्यक्तिको सम्पत्तिमा क्षति पुगेको सो घटनाले देशको सुरक्षा व्यवस्थालाई दर्साएको उनीहरुको भनाइ छ । 

    उक्त घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न शीशीर खनाल, शंकर भण्डारीसहितका सांसदले माग गरेका हुन् ।