२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

सिद्धार्थ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा आचार्यले उम्मेदवारी दिदै 

बिहिवार , फाल्गुण ४, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, ४ फागुन ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको वरिष्ठ उपाध्यक्षमा वर्तमान वाणिज्य उपाध्यक्ष नेत्रप्रसाद आचार्यले उम्मेदवारी दिने बताएका छन् । आगामी फागुन १९ र २० गते हुने ६४ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा आफूले वरिष्ठ उपाध्यक्षमा पदमा उम्मेदवारी दिने आचार्यले बताए । २०६१ सालमा सिद्धार्थ उद्योग वाणिज्य संघमा प्रवेश गरेका आचार्य २०६४ सालमा कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि तीन कार्यालय निरन्तर कार्यसमिति सदस्यमा बसेर काम गरेका थिए ।

    त्यसपछि एक कार्यकाल सचिव, एक कार्यकाल महासचिव, एक कार्यकाल वाणिज्य उपाध्यक्ष पदमा निर्वाचित भएर काम गरेको उनीसँग अनुभव छ । विगतमा संस्थामा बसेर गरेको कामको अनुभव र योगदानका आधारमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेको उनले बताए ।

    ‘म संस्थामा क्रमैसँग बसेर काम गरेको व्यक्ति हुँ, विगतको कामको अनुभव र उद्योगी व्यवसायीहरुको हकहित र अधिकारको लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेको हुँ, उनले भने, ‘उद्योगी व्यवसायीको हकहितका लागि  काम गर्ने व्यक्तिलाई व्यवसायीले निर्वाचित गराउनेमा ढुक्क छु ।’

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको संस्थागत विकास, उद्योगी, व्यवसायीको हितका लागि निरन्तर रुपमा काम गर्दै आएका व्यवसायी आचार्य भैरहवाका प्रतिष्ठित गल्ला व्यवसायी हुन् । आचार्य व्यवसायका साथसाथै विभिन्न सामाजिक संघ–सस्थामा समेत आबद्ध छन् ।