
सोमवार , पौष १३, २०७७
बुटवल, १३ पुस ।
न्यु लुम्बिनी ब्याडमिन्टन क्लबको आयोजनामा पुस १५ र १६ गते दुईदिने प्रदेशस्तरीय बी लेभल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी आयोजक क्लबका अध्यक्ष बोनिन पियाले प्रतियोगिताको तयारी पुरा भएको बताए ।
प्रतियोगितामा पुरुष डबलतर्फका उपाधि विजेताले नगद ३५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल प्रमाणपत्र तथा उपविजेताले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, कप मेडल, प्रमाणपत्र एवं तृतीय स्थान हासिल गर्ने टिमले नगद १५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । त्यसै गरी भेट्रान्सतर्फ उपाधि विजेताले नगद २० हजार ५ सय ५५ रुपैयाँ, उपविजेताले नगद १५ हजार ५ सय ५५ तथा तृतीयलाई नगद १० हजार ५ सय ५५ रुपैयाँ कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उदयमान खेलाडी र अनुशासित खेलाडीलाई समेत पुरस्कृत गरिने उनले बताए ।
शिवनगरस्थित खुल्ला कबर्ड हलमा हुने प्रतियोगितामा पुरुषतर्फ ४० तथा भेट्रान्सतर्फ १६ टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन ।
प्रतियोगिताको पुरुष डबलतर्फ प्रथम पुरस्कार यशोधा फुड्स प्रा.लि., द्घितीय पुरस्कार आवास ग्रुप बुटवलका संचालक महेश थैवबाट माता लाल कुमारी थैव, तृतीय पुरस्कार शक्ति कोल्ड रिट्रेड प्रालिबाट सौजन्य भएको छ । त्यसैगरि भेट्रान्सतर्फ प्रथम पुरस्कार ब्ल्याक फरेस्ट क्याफे र एजी हेल्थ ईण्डष्ट्रिज प्रा.लि., दोस्रो पुरस्कार समाजसेवी श्रीराम बराल र किरण पौडेल र तेस्रो पुरस्कार समाजसेवी चन्द्रमान मल्लबाट सौजन्य भएको उनले बताए । त्यसै गरी प्रतियोगिताको सबै ट्रफि, मेडलहरु स्पोर्ट्स ग्यालरीबाट सौजन्य भएको छ ।
कार्यक्रममा क्लबका सल्लाहकार नारायण घिमिरे, नर बहादुर केसी, दिनेश प्रधान, प्रचारप्रसार संयोजक तथा महासचिव जिवकान्त काफ्ले, कार्यक्रम संयोजक रोहित पुरीले खेल प्रतियोगिताबाट खेलाडी उत्पादन हुनेमा आशा व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij