२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

एमालेको ‘ग्रास रुट’ अभियान आजबाट सुरु

शुक्रवार , फाल्गुण ५, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, ५ फागुन । 
    नेकपा एमालेका् ‘ग्रास रुट’ अभियान आजबाट सुरु भएको छ । गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजवाट सञ्चालनमा आउन लागेको हो । 

    एमाले अध्यक्ष केपी शर्मा ५ फागुनमा सात प्रदेश र विदेश प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरेपछि सो अभियान सुरु हुने एमालेले जनाएको छ ।

    एमालेकाअनुसार बैठकले अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाउँदै अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुईमहिना खटिनेछन् । जसअनुुसार एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिइएको छ । 

    कुन नेता कहाँको जिम्मेवारी ? 

    प्रदेश–१

    उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी र नेताहरु शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की ।

    मधेश प्रदेश

    वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, नेताहरु गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल

    बागमती प्रदेश

    उपाध्यक्ष सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ

    गण्डकी प्रदेश

    उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पदमाकुमारी अर्याल, नेताहरु किरण गुरूङ, खगराज अधिकारी र थममाया थापा

    लुम्बिनी प्रदेश

    उपाध्यक्ष रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्वाहाम्फे ।

    कर्णाली प्रदेश

    उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी

    सुदूरपश्चिम प्रदेश

    उपाध्यक्ष विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा ।

    विशेष कमिटी (केन्द्रीय कार्यालय) 

    महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल र नेता डा.भीष्म अधिकारी ।