
शुक्रवार , फाल्गुण ५, २०७९
भैरहवा, ५ फागुन ।
जनता समाजवादी पार्टी, नेपाल रुपन्देही जिल्ला समन्वय समिति विघटन गरिएको छ । बिहीबार भैरहवामा बसेको बैठकले पार्टीको जिल्ला समन्वय समिति विघटन गर्ने निर्णय गरेको जसपा संघीय परिषद् सदस्य विद्या प्रसाद यादवले बताए ।
बैठकले ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको सदस्यमा विद्या प्रसाद यादव, मधु सिंह, मात्रिका प्रसाद यादव, अशोक यादव, मनिकर कार्की र घनश्याम यादव रहेका छन् । पार्टीले बुधबार भैरहवामा अगुवा कार्यकर्ता भेला समेत आयोजना गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij