
शुक्रवार , फाल्गुण ५, २०७९
भैरहवा, ५ फागुन ।
इञ्जिनियर दिनेश यादवसहित युवा तथा व्यवसायीहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । उनीसहित स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट सिद्धार्थनगर नगरपालिका–७ को वडाअध्यक्षका उम्मेदवार विनोद विश्वकर्मा पनि उक्त पार्टी परित्याग गर्दै राप्रपामा प्रवेश गरेका हुन् । त्यस्तै ओम यादव, डिल्लीराम केवट पनि राप्रपामा प्रवेश गरेका छन् ।
भैरहवामा आयोजित एक कार्यक्रममा राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणा र जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले पार्टीमा प्रवेश गराएका हुन् । कार्यक्रममा राप्रपा नेता दुधनाथ जैसवाल पार्टीका जिल्ला सचिव बलराम शर्मा, राष्टिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्यक्ष शंकर खत्री लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij