images

मंगलवार, बैशाख २५ गते २०८१

लन टेनिस पहिलो दिन १६ खेल सम्पन्न

लन टेनिस पहिलो दिन १६ खेल सम्पन्न

images
images
images
आइतवार, फाल्गुण ७ २०७९
आइतवार, फाल्गुण ७ २०७९
  • लन टेनिस पहिलो दिन १६ खेल सम्पन्न

    बुटवल, ७ फागुन ।
    प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता–२०७९ को पहिलो दिन १६ खेलहरु सम्पन्न भएका छन् । ३५ प्लस मेन्स सिगल समूहमा सन्तोष खत्रीले नवीन श्रेष्ठलाई ६–२, ६–१, निरज थापाले अनिल सेन्चुरीलाई ६–१, ६–१ , अनिल शाहीले सबर मियालाई ६–१, ६–०, सन्जय प्रकाश श्रेष्ठले विकास गुरुङलाई ६–०, ६–०, लक्ष्मण तामाङले चुम विक्रम शाहलाई ६–३, ६–४, राजन पौडेलले सोम रानालाई ६–०, ६–०, सिमान्त गुरुङले प्रकाश राज वाग्लेलाई ६–१, ६–२ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन । 

    images
    images
    images

    मेन्स सिगलतर्फ आशिष खड्काले सम्भव विक्रम शाहलाई ६–४, ६–३, प्रितम परियारले प्रमोद थापालाई ६–०, ६–०, निशान श्रेष्ठले निहालजंग थापालाई ७–६, ६–४, ६–४, विष्णु नेपालीले देवासिस राउलेलाई ६–२, ६–१, सन्तोष खत्री निजेश महर्जनलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरेका छन् । 

    त्यसै गरी ४५ प्लस मेन्स सिगलमा विश्वास थापाले विष्णु प्रसाद चापागाईलाई ५–७, ६–२, ११–९, मनोज नेपालले सुनिल श्रेष्ठलाई वाकओभर, माधव भण्डारीले रामु विकलाई ६–३, ६–१, नबिन चालिसेले मनोज ढुंगानालाई ६–०, ६–० को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । त्यसै गरी ३५ प्लस मेन्स डबल्समा अर्जुन गुरुङ र सोम रानाको जोडीले राज गुरुङ र प्रकाशराज वाग्लेको जोडीलाई ६–४, ६–३, अनिल सेन्चुरी र चुम बहादुर शाहको जोडीले सबर मिया र शेषमणी चौधरीलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij