images

मंगलवार, बैशाख २५ गते २०८१

बुटवलको राष्ट्रपति रनिङ्ग शिल्डमा २९ पदक जित्दै कालिका प्रथम

बुटवलको राष्ट्रपति रनिङ्ग शिल्डमा २९ पदक जित्दै कालिका प्रथम

images
images
images
आइतवार, फाल्गुण ७ २०७९
आइतवार, फाल्गुण ७ २०७९
  • बुटवलको राष्ट्रपति रनिङ्ग शिल्डमा २९ पदक जित्दै कालिका प्रथम

    बुटवल, ७ फागुन । 
    बुटवलमा आयोजित चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २९ पदक जित्दै कालिका मानवज्ञान माध्यमिक विद्यालय प्रथम भएको छ । कालिकाले १७ स्वर्ण, ७ रजत र ५ कास्य गरी २९ पदक जितेको हो । यस्तै, नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय २६ पदक जित्दै दोश्रो भयो । नवीनले ८ स्वर्ण, १२ रजत र ६ कास्य जितेको छ । 

    images
    images
    images

    न्यु होराइजन माध्यमिक विद्यालयले ६ स्वर्ण, ५ रजत र ३ कास्य गरी १४ पदक जित्दै तृतीय भएको छ । कान्ति माध्यमिक विद्यालयले २ स्वर्ण, १ रजत, ८ कास्य सहित ११ पदक, एभरेष्ट बोर्डिङले २ स्वर्ण, १ कास्य पदक जितेको छ । 

    दीप बोर्डिङले १ स्वर्ण, ५ रजत, ५ कास्यसहित ११, इडन बोर्डि?ले १ स्वर्ण, २ कास्य, सिद्धार्थ गौतम बुद्धले १ स्वर्ण, नहरपुर माविले १ स्वर्ण, ४ रजत, ३ कास्य पदक जितेको छ । 

    त्रिभुवन युनाइटेडले १ स्वर्ण, अक्सफोर्ड माविले १ स्वर्ण, २ रजत र ७ कास्य, एलबी नमूनाले १ रजत, उजिरसिंह माविले १ रजत, २ कास्य, सिद्धेश्वर लालकुमारी माविले १ रजत पदक जितेको छ । 

    यस्तै लुम्बिनी बोर्डिङले १ कास्य, ज्ञानोदयले १ कास्य, ग्लोरी बोर्डिङले २ कास्य, नवरत्न माविले ५ कास्य, गार्गी एकेडेमीले २ स्वर्ण, १ रजत, ५ कास्यपदक जितेको छ । 
    अन्नपूर्ण माविले १ स्वर्ण, १ रजत, १ कास्यपदक जितेको छ । मणिमुकन्द माविले २ रजत, १ कास्य, भवानी मावि १ रजत, मोतीपूर मावि २  कास्य, ज्ञानपुञ्ज माविले १ कास्य पदक जितेको हो । 

    विजेता र उपविजेताहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिल्ड, प्रमाणपत्र र नगद हस्तान्तरण गरे । 

    पुरस्कार हस्तान्तरण गर्दै प्रमुख पाण्डेयले बुटवलबाट राष्टिय अन्तर्राष्ट्रियस्तरमा सहभागी हुने गरी क्षमता विकासका लागि सहयोग गर्ने बताए । उनले खेलाडीलाई प्रोत्साहन गर्न यसपटक खेलाडीहरुको बीमा र नगदसहितको व्यवस्था गरिएको बताए । उनले बुटवललाई खेलका माध्यमबाट राष्ट्रियस्तरमा परिचित गराउने गरी लाग्न खेलक्षेत्रका अगुवाहरुलाई आग्रह गरे ।

    प्रतियोगितामा सामुदायिकतर्फका १६ र संस्थागत तर्फका २२ गरी ३८ विद्यालयका विद्यार्थीहरुको सहभागी भएको प्रतियोगिता संयोजक हरि प्रसाद श्रेष्ठले जानकारी दिए ।
    प्रतिगोगिताअन्तरगत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेलमा ४ सय ९४ टीमका १ हजार ९१ विद्यार्थी सहभागी भएको उनले बताए ।

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयहरुलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ र नगद प्रदान गरिएको प्रतियोगिताका सचिव प्रेमबहादुर बस्नेतले बताए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij