
आइतवार , फाल्गुण ७, २०७९
विराटनगर, ७ फागुन ।
नेकपा एमालेले आफ्नो तर्फबाट १३ फागुनमा राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने भएको छ । २५ फागुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनको १३ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ । सोही दिन नै एमालेले आफ्नोतर्फबाट उम्मेदवार सार्वजनिक गर्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए ।
विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुनमा सार्वजनिक गर्ने बताएका हुन् । एमालेले उठाएको राष्ट्रपति उम्मेदवारलाई भोट नेकपा (माओवादी केन्द्र) ले मत दिने विश्वास व्यक्त गरेका उनले राष्ट्रपतिको निर्वाचनले सत्ता समीकरण नबदलिने दावी गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij