images

आइतवार, बैशाख १६ गते २०८१

लुम्बिनी सरकारमा जसपाको इन्ट्री, भण्डारीलाल यादव बने कृषिमन्त्री

लुम्बिनी सरकारमा जसपाको इन्ट्री, भण्डारीलाल यादव बने कृषिमन्त्री

images
images
images
आइतवार, फाल्गुण ७ २०७९
आइतवार, फाल्गुण ७ २०७९
  • लुम्बिनी सरकारमा जसपाको इन्ट्री, भण्डारीलाल यादव बने कृषिमन्त्री

    रुपन्देही, ७ फागुन । 
    लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) को इन्ट्री भएको छ । आइतबार मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले जसपाका भण्डारीलाल अहिर (यादव) लाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरेका हुन् । भण्डारीलाल बाँके क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् । उनी जसपा संसदीय दल लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत हुन् ।

    images

    यसअघि कृषिमन्त्री रहेका नेकपा एमालेका तुल्सीराम शर्मालाई विनाविभागीय मन्त्री बनाइएको छ । शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्ने गरी जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीद्वारा जारी गरिएको सूचनामा उल्लेख छ । प्रदेश प्रमुख कार्यालयले सोमबार नवनियुक्त मन्त्रीको शपथग्रहणको तयारी गरेको छ ।

    यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको थियो । त्यसमध्येबाटै जसपा सरकारमा आएको अवस्थामा एमालेले लिएको मन्त्रालयबाटै दिने भन्ने सहमति गरिएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij