images
images

आइतवार, जेठ ६ गते २०८१

१० ईभेन्टका फाईनल समीकरण पूरा, भोलि फाईनल खेलहरु हुने

१० ईभेन्टका फाईनल समीकरण पूरा, भोलि फाईनल खेलहरु हुने

images
images
images
सोमवार, फाल्गुण ८ २०७९
सोमवार, फाल्गुण ८ २०७९
  • १० ईभेन्टका फाईनल समीकरण पूरा, भोलि फाईनल खेलहरु हुने

    बुटवल, ८ फागुन ।
    रुपन्देहीमा जारी प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता–२०७९ को तेस्रो दिन विभिन्न खेलहरु सम्पन्न भएका छन् । सोमबार भएको सेमीफाईनल खेलहरुबाट विजयी हुँदै मेन्स सिगल, मेन्स डबल्स, वुमन्स डबल्स, ३५ प्लस मेन्स सिंगल, ३५ प्लस मेन्स डबल्स, ४५ प्लस मेन्स सिंगल, ३५ प्लस मेन्स डबल्स, ४५ प्लस मेन्स सिंगल, ४५ प्लस मेन्स डबल्स, ५५ प्लस मेन्स डबल्सका खेलाडीहरु फाईनल चरणको भिडन्त पक्का गरेका छन् । वुमन्स सिंगल र ५५ प्लस मेन्समा भने सेमीफाईनलमा प्रवेश गरेका छन् । 

    images
    images
    images

    देवीनगर लनटेनिस कोर्टमा भएको मेन्स सिगलमा प्रदिप खड्काले प्रितम परियारलाई पहिलो सेट ६–१ ले अग्रता लिएका थिए । दोस्रो सेट परियार रटार्यड हन्ट भएपछि प्रदिप खड्का फाईनलमा प्रवेश गरेका हुन् । त्यसै गरी दोस्रो सेमीफाईनल खेलमा रितिक रानाले प्रनव खनाललाई ६–३, ६–४ को सेटमा जीत निकाल्दै फाईनल भेट पक्का गरेका छन् । 

    मेन्स डबल्सको फाईनल समीकरण पुरा भएको छ । पहिलो सेमीफाईनलमा प्रदिप खड्का र नेहाल जे.बी. थापाको जोडीले सक्षम विक्रम शाह र प्रितम परियारको जोडीलाई ६–१, ६–१ तथा दोस्रो सेमीफाईनलमा रितिक राना र निशान्त श्रेष्ठको जोडीले आशिष खड्का र विष्णु नेपालीको जोडीलाई ६–१, ६–२ ले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका छन् । 

    वुमन्स डबल्समा फाईनल समीकरण पुरा भएको छ । पहिलो सेमीफाईनलमा माहिका राणा र रायना शाहको जोडीले प्रकृति श्रेष्ठ र आईशा डल्कर गुरुङलाई ७–५, ६–१ तथा दोस्रो खेलमा भगवती विक र श्रीमाया थापाको जोडी वाकओभर दिएपछि अभिलाषा विष्ट र सुभाङी लक्ष्मी शाहको जोडी फाईनल प्रवेश गरेका छन् ।   

    त्यसै गरी ३५ प्लस मेन्स सिगलमा सन्तोष खत्रीले कमल भण्डारीलाई ४–६, ६–२, १०–५ तथा सिमान्त गुरुङले सन्जय श्रेष्ठलाई ६–४, ६–४ ले पराजित गदै फाईनल यात्रा तय गरेका गरेका छन् । त्यसै गरी ३५ प्लस मेन्स डबल्समा कमल भण्डारी र सिमान्त गुरुङको जोडीले अनिल शाही र समिर शेरचनको जोडीलाई पहिलो सेट ५–२ को अंकले जीत निकाल्दै अग्रता लिएका थिए । दोस्रो सेटमा अनिल शाही र समिर शेरचनको जोडी रिटायर्ड हन्ट भएपछि फाईनलमा प्रवेश गरेका छन् । त्यसै गरी दोस्रो खेलमा निरज थापा र सुर्य भुजेलको जोडीले विकास गुरुङ र लक्ष्मण तामाङको जोडीलाई ६–२, ६–० अंकले पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन् ।
    त्यसै गरी ४५ प्लस मेन्स सिगलको पहिलो खेलमा बिमल गुरुङले गोपी भट्टराईलाई ६–०, ६–४ तथा दोस्रो खेलमा रोहित सुनुवारले माधव भण्डारीलाई पहिलो सेट ६–१ तथा अर्को सेटमा माधव भण्डारी रिटायर्ड हन्ट भएपछि रोहित फाईनलमा प्रवेश गरेका छन् । 

    त्यसै गरी ४५ प्लस मेन्स डबल्समा गोपी भट्टराई र धर्म सिंह लामिछानेको जोडीले मनोज नेपाल र अर्जुन गुरुङको जोडीलाई ६–१, ६–२, लोक गुरुङ र ईन्द्र गुरुङको जोडीले राजु गुरुङ र बसन्त प्रधानको जोडीलाई ६–२, ६–१ फाइनल भिडन्त पक्का गरे । त्यसै गरी ५५ प्लस मेन्स डबल्समा भने कमल थापा र कृष्णराज घलेले मनोज बस्नेत र अब्दुल सहमतलाई ६–१, ६–० तथा दोस्रो खेलमा धर्म सिंह लामिछाने र राजु गुरुङको जोडीले मनोज राणा र ध्रुव गुरुङको जोडीलाई ७–६, ७–६ पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन् । 

    ५५ प्लस मेन्समा सेमीफाईनल समीकरण पुरा भएको छ । पहिलो खेलमा बिनोद कायस्थले मनोज राणालाई ६–४, ६–३ तथा कृष्णराज घलेले समिर शेरचनलाई वाकओभर पाएर सेमीफाईनलमा प्रवेश गरेका छन् ।

    वुमन्स सिगलको क्वाटरफाईनल खेलमा रायना शाहले सुभाङी लक्ष्मी शाहलाई ७–६, ७–६, माहिका रानाले आईसा डोल्कर गुरुङलाई ६–०, ६–१ ले जित्दै सेमीफाईनलमा प्रवेश गरेका छन् । त्यसै गरी प्रकृति श्रेष्ठले भगवती वि.क.लाई पहिलो सेट ६–४ अंकले जित्दै अग्रता लिए भने दोस्रो सेटमा भगवती रिटायर्ड हन्ट भएपछि प्रकृति सेमीफाईनलमा प्रवेश गरिन् । अभिलाष विष्ट बाई पाएर सेमीफाईनलमा प्रवेश गरेकी छिन । दोस्रो दिन २३ खेलहरु सम्पन्न भएको संयोजक संजय प्रकाश श्रेष्ठले बताए । 

     

     

     

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij