images
images

आइतवार, जेठ ६ गते २०८१

सिनपा–३ मा वडास्तरीय क्रिकेट प्रतियोगिता 

सिनपा–३ मा वडास्तरीय क्रिकेट प्रतियोगिता 

images
images
images
मंगलवार, फाल्गुण ९ २०७९
मंगलवार, फाल्गुण ९ २०७९
  • सिनपा–३ मा वडास्तरीय क्रिकेट प्रतियोगिता 

    भैरहवा, १० फागुन । 
    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ को आयोजनामा वडास्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । स्थानीयस्तरमा रहेको प्रतिभालाई परिचित बनाई खेलको संरक्षण, संवद्र्धन र उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा दरखसवा गाउँ विजयी भएको वडा अध्यक्ष नारायण प्रसाद उपाध्यायले जानकारी दिए ।

    images
    images
    images

    उनले भैरहवा क्रिकेटको उर्वरभूमि रहेको उल्लेख गर्दै खेलाडी उत्पादनमा सहयोग पुगोस् भन्नका लागि प्रतियोगिता आयोजना गरिएको बताए । ७ वटा टीम सहभागी रहेको प्रतियोगितामा काँटा गाउँ उपविजेता बनेको छ ।

    प्रतियोगिताको म्यान अफ द सिरिज र वेष्ट वलरमा दरखसवा गाउँका अमानत अली घोषित भएका छन् भने खजहना गाउँका शंकर राना वेष्ट ब्याट्सम्यान घोषित भएका छन् ।

    कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले वडास्तरबाटै क्रिकेट खेलको प्रवद्र्धन र प्रचार होस् भन्नका लागि प्रतियोगिता गरिएको बताइन् । प्रतियोगितामा महामाया पथ, दरखसवा गाउँ, खजहना गाउँ, चाणक्य पथ, खजुरिय, दुर्गा पथ र काँटा गाउँबीच प्रतिष्पर्धा भएको थियो ।

     

    WhatsApp Image 2023-02-20 at 6.18.41 PM.jpeg

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij