images
images

आइतवार, जेठ ६ गते २०८१

रूपन्देही सुपरलिगः देवदह क्रिकेट युनिट १५ रनले विजयी

रूपन्देही सुपरलिगः देवदह क्रिकेट युनिट १५ रनले विजयी

images
images
images
मंगलवार, फाल्गुण ९ २०७९
मंगलवार, फाल्गुण ९ २०७९
  • रूपन्देही सुपरलिगः देवदह क्रिकेट युनिट १५ रनले विजयी

    रुपन्देही ९, फागुन । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘बी’को मंगलबारकोे खेलमा देवदह क्रिकेट युनिट विजयी भएको छ । देवदहले शंकरनगर क्रिकेट क्लबलाई १५ रनले पराजित गर्दै जित निकालेको हो ।

    images
    images
    images

    सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको देवदहले निर्धारित ४८ ओभरको खेलमा २४.४ ओभरमा सबै विकेटको नोक्सानीमा १ सय २३ रनको सामान्य योगफल बनायो । उसका लागि विनित कार्कीले ४४, क्षितिज थापाले २२, कृष्ण पासीले १७ र सुरज खड्काले १४ रन बनाए ।

    ८ ओभर बलिङ गरेका शंकरनगरका महेन्द्र सुवेदीले ३ मेर्डन राख्दै ३४ रन खर्चेर ६ विकेट लिए । यस्तै, विपिन भट्टराईले २ तथा केशव पौडेल र विष्णु पाण्डेले समान १–१ विकेट लिए ।
    प्रतिउत्तरमा १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको शंकरनगर २४.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८ रनमै समेटियो र हार व्यहोर्यो । उसका लागि हार्दिक थापाले नटआउट ६८ र विष्णु पाण्डेले १५ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न नसक्दा टिम पराजित हुन पुग्यो ।

    बलिङमा देवदहका अर्जुन रायमाझीले ५, रोशन गौतमले ३ तथा सुरज खड्काले २ विकेट लिए । खेलमा देवदहका अर्जुन रायमाझी म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।
    चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

    प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij