images
images

आइतवार, जेठ ६ गते २०८१

पाँचौ राष्ट्रिय यु–१९ क्रिकेट : सिईसी फाईनलमा

पाँचौ राष्ट्रिय यु–१९ क्रिकेट : सिईसी फाईनलमा

images
images
images
मंगलवार, फाल्गुण ९ २०७९
मंगलवार, फाल्गुण ९ २०७९
  • पाँचौ राष्ट्रिय यु–१९ क्रिकेट : सिईसी फाईनलमा

    बुटवल, ९ फागुन ।
    देवदहमा जारी खड्ग प्रसाद गौचन स्मृति पाँचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिईसी काठमाण्डौ फाईनलमा स्थान बनाएको छ । मंगलबार भएको पहिलो सेमीफाईनलमा काशी नोबेल एकेडेमीलाई २४ रनको पराजित निकाल्दै सिईसी फाईनलमा स्थान बनाएको हो । 

    images
    images
    images

    देवदह क्रिकेट मैदानमा भएको पहिलो सेमीफाईनलमा सिईसीले टस जित्दै २९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै केवल १ सय १० रनको लक्ष्य तयार पारेको थियो । उसका लागि सिद्धार्थ साउदले ६६ बलमा ३६ रनको नटआउट पारी खेले । त्यसै गरी पारस एैरले १४ बलमा ११ रन जोडेका थिए । कम स्कोरलाइ रोक्न काशीका अर्जुन करुषले ८ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । 

    त्यसै गरी सन्तोष जिसी र सन्तोष यादवले समान ३–३ विकेट लिए । काशीका ब्याट्सम्यानहरु २९.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै केवल ८६ रनमा समेटिए । काशीका आशीष रोक्काले ४६ बलमा २६ र सिद्धार्थ अधिकारीले २५ बलमा १३ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन । सिईसीका धयानन्द मण्डलले ७ ओभरमा १ मेडलसहित १९ रन खर्चेर ३ तथा क्याप्टेन करण घर्ती मगरले ६ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ३ विकेट लिए । सिईसीका दयानन्द मण्डल खेलमा म्यान अफ दी म्याच घोषित भए ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij