images
images

आइतवार, जेठ ६ गते २०८१

देउरालीलाई पाणिनी गाउँपालिकास्तरीय रनिङ शिल्डको उपाधि

देउरालीलाई पाणिनी गाउँपालिकास्तरीय रनिङ शिल्डको उपाधि

images
images
images
मंगलवार, फाल्गुण ९ २०७९
मंगलवार, फाल्गुण ९ २०७९
  • देउरालीलाई पाणिनी गाउँपालिकास्तरीय रनिङ शिल्डको उपाधि


    अर्घाखाँची, ९ फागुन । 
    पाँचौ पाणिनी गाउँपालिकास्तरीय रनिङ शिल्डमा जित निकाल्दै लगातार तेस्रोपटक देउराली माध्यमिक विद्यालय पटौटीले रनिङ शिल्ड आफ्नो पोल्टामा पार्न सफल भएको छ ।
    पाणिनी गाउँपालिकामा आइतबार र सोमबारसम्म सम्पन्न खेलहरुमा सबैभन्दा धेरै अंक ल्याउँदै देउराली मावि पटौटीले तेस्रोपटक रनिङ शिल्ड जित्न सफल भएको हो । योपटक २१ अंक पाएको देउरालीले अघिल्लो संस्करणका २ पटक पनि जीत हात पारेको थियो । योसँगै उसले शिल्ड आफ्नो कब्जामा पार्न सफल भएको हो ।
    समापन कार्यक्रममा पालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले विभिन्न खेलमा विजेता खेलाडी तथा विद्यालयलाई मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । १७ अंक ल्याएको शिवमदन मावि अडगुरी दोस्रो भएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij